Logo

खेलकुद

एसिया कपको लागि यू–१९ पुरुष टिमको घोषणा



काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरेको छ ।

क्यानले बुधबार देव खनालको कप्तानीमा १५ सदस्सीय टिम घोषणा गरेको हो ।

नेपाली टोलीमा देव खनाल, शेर मल्ल, दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवेक राना मगर,सन्तोष कार्की, आदील अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैशी, अर्जुन साउद, राहुल भण्डारी रहका छन् । यस्तै, मुख्य प्रशिक्षक बसन्त शाही छन् भने टिम व्यवस्थापकमा धर्मराज गिरी रहेका छन् ।

एसिया कप युनाईडेट अरब इमिरेट्स (युएई)मा डिसेम्बर २० देखि जनवरी २ सम्म हुनेछ ।

प्रतियोगितामा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।

एसिया कपको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने छ ।

नेपाल र बंगलादेशबीचको खेल डिसेम्बर २३ तारिखमा हुनेछ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : ५४ बजे