काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । हाल देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।
देशभर साधारणतया बदली रहँदा मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको हाे ।
विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ भने सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रतिक्रिया