Logo

मुख्य समाचार

आफ्नै पार्टीप्रति सशंकित रावल भन्छन्- संसदको अवरोध एमसीसी पास गर्ने खेल त होइन ?



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नै पार्टीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेकपा एमालेले निरन्तर संसद अवरोध गरेको प्रति शसंकित हुँदै रावलले एमसीसी पास गर्ने खेल त हैन भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै रावलले कसैलाई बोल्न नदिएर होहल्लाकै बीचमा एमसीसी अनुमोदनको खेल हुन लागेकोमा आशंका व्यक्त गरेका हुन् । उनले यस्तो गरे राष्ट्रघात हुने पनि उल्लेख गरेका छन् । 

उनले लेखेका छन् ,’सरकारका कामकार्वाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।

नेकपा एमालेले सभामुखको कार्यशैलीमा प्रश्न उठाउँदै निरन्तर संसद अवरोध गर्दै आइरहेको छ । 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ६ : ३१ बजे