Logo

खेलकुद

ज्ञानेन्द्रलाई हटाउँदै सन्दीप नयाँ कप्तान नियुक्त



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको छ । 

बुधवार बसेको क्यानको बोर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । खेलाडी आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले यस्तो निर्णय गरेको हो । यसैबीच क्यानले टिमको नयाँ कप्तानका रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ ।

‘नेपाल क्रिकेट सङ्घले अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफरिसअनुसार खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार खेलाडी ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोपपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याक्टमा सुरुको छ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको छ’, क्यानले बुधवार निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ५ : ५४ बजे