Logo

समाचार

शेखर कोइराला : तपाईँहरुको यो मायाले मेरो राजनीतिक यात्रा नयाँ ढंगले सुरु गर्छु



काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका डा। शेखर कोइरालाले आफूले अब आफ्नो राजनीतिक यात्रा नयाँ ढंगले सुरु गर्ने बताएका छन् । महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा कोइराला भावुक सुनिाए । उनले भने–‘तपाईँहरुको यो मायाले मेरो राजीनिततिक यात्रा नयाँ ढंगले सरु गर्छु ।’

उनले आफूहरुले महाधिवेशनमा स्वस्थ प्रतिष्पर्धा गरेको र यसबाट सभापतिमा शेरबहादुर देउवा विजयी भएको भन्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिए । उनले भने–‘जसरी साँढे ५ वर्ष पार्टी बेथितीको हिसाबले चल्यो, यसैगरि चल्न थाल्यो भने हामी सशक्त रुपमा प्रस्तुत हुनेछौं । म पराजय भएँ । निर्वाचनमा कोही जित्छ, कोही हार्छ । त्यो स्वभाविक हो । मैले यसलाई स्वभाविक रुपमा लिएको छु । कुनै कुण्ठा पनि छैन् । यो पार्टीभित्रको कुरा हो । कसले सपोर्ट गर्नुभयो ? कसले गर्नुभएन ? यसमा पनि म जान चाहन्नँ ।’

उनले पराजय हुँदापनि आफूले राम्रो कुरा देखेको सुनाए । उनले भने–‘के देखें भने लोकतन्त्रप्रेमी साथीहरु, आम जनताले हामीले लिएको कदम, हाम्रो टिमले लिएको कदमको विजयी सोच्नुभएको छ । हामी विजयी भएका छौं । हाम्रो राजनीति मुद्दाहरु छन्, एजेण्डा छन् । त्यो अब स्थापित भएको छ । संगसँगै हामीले युवा पुस्ताको लागि कांग्रेसभित्र अवसर नै अवसर खोलिदिएका छौं । अब तपाईँहरु निश्चिन्त ढंगले गाउँघरमा बस्दा म नेपाली कांग्रेसको हुँ भनेर बस्नुहुनेछ विश्वास लिएको छु । म आजैदेखि कांग्रेसको रुपान्तरणको लागि लागिसकेको छु । निरन्तर रुपमा तपाईहरुको घरदैलोमा पुग्नेछु । साथीहरु पनि पुग्नुहुनेछ ।’

कोइरालाले आगामी महाधिवेशनमा आफूहरुले सफलता प्राप्त गर्ने पनि दाबी गरे । उनले भने–‘हामी भागबण्डाको राजनीतिमा लाग्दैनौं । हामी हाम्रो काम गर्दै जान्छौं । राम्रो काम गर्दै जाँदा पक्कै पनि उहाँहरुलाई सोच्न बाध्य बनाउँछौं । तपाईँहरुको यो मायाले मेरो राजीनिततिक यात्रा नयाँ ढंगले सरु गर्छु । धन्यवाद । जय नेपाल ।’

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  १ : ४६ बजे