Logo

समाचार

मतगणनाबारे निर्णय गर्न सानेपामा निर्वाचन समितिको बैठक जारि



काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापतिबाहेक अन्य पदको मतगणनाबारे निर्णय गर्न कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बसिरहेको छ । बैठकले कहिलेदेखि मतगणना गर्ने भन्ने निर्णय गर्नेछ । मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उपसभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना हुन बाँकी छ ।

आजैबाट मतगणना सुरु गर्ने समितिले जनाएको छ । सबैभन्दा पहिला उपसभापति र महामन्त्रीको गणना हुने छ । सबै उम्मेदवारको मत गणना केन्द्रीय कार्यालय सानेपामा हुने जनाइएको छ ।

सोमबार सम्पन्न भएको निर्वाचन अन्तर्गत सभापतिको मत सोही रात गणना भएपनि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार पुनः मतदान भएको थियो । दोस्रोपटकको मतदानमा सभापति शेरबहादुर देउवाले डा.शेखर कोइरालालाई ९ सय फराकिलो मतसहित पराजित गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  १ : ४६ बजे