Logo

मुख्य समाचार

काङ्ग्रेस सभापतिको कुर्सीमा दोस्रोपटक बस्न सफल देउवा



काठमाडौं । प्रधानमन्त्री एवम्  नेपाली काङ्ग्रेस सभापति सेर बहादुर देउवाले काङ्ग्रेस सभापतिको कुर्सीमा दोहोर्‍याएर बस्ने अवसर पाएका छन । १३औ महाधिवेशनबाट पार्टी सभापति बनेका देउवा १४औं महाधिवेशनमा प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित भएपछि सभापतिको कुर्सीमा बस्ने अवसर देउवाले पएका हुन् ।

बुधबार बिहान सम्पन्न मतगणनाबाट देउवा ९०७ मतान्तरका साथ सभापतिमा विजयी भएका छन् । निर्वाचन समितिले देउवा विजयी भएको घोषणा गर्न बाँकी छ । मंगलबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो, भने राति सवा ११ बजेदेखि मतगणना सुरु गरिएको थियो ।

मतगणनाको सुरुवाति देखि नै देउवाले लगातार अग्रता बढाउँदै लगेका थिए । 

सोमबार पहिलो भएको चरणमा  मतदानमा ४ हजार ६७९ मत खसेको थियो भने मंगलबार घटेर ४५७४ मत खसेको निर्वाचन समितिले जनाएको छ । कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका थिए । मतपरिणामअनुसार देउवाले २७२४ मत पाउँदा कोइरालाले १८१७ मत प्राप्त भने ३३ मत बदर भएको थियो । 

यसअघि सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको  प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको प्रतिस्पर्धामा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ पनि सहभागि थिए । उनीहरु कम मत ल्याएर बाहिरिएपछि देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिस्पर्धामा बाहिरिएका तीनै जना उम्मेदवारले देउवालाई साथ दिएका थिए । पहिलो चरणको निर्वाचानमा  देउवाले दुई हजार २५८ र कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी  सिंहले ३७१,  निधिले २५० र  गुरुङले २२ मत प्राप्त गरेका थिए । 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ४ : ५७ बजे