Logo

मुख्य समाचार

दोस्रो चरणको मतदानमा १७ सय मत खस्यो



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदानमा १७ सय मत खसिसकेको छ । दिउँसो ३ः४० बजेदेखि शुरु भएको मतदानमा साँझ ५ः४० सम्म १७ सय मत खसिसकेको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । 

हाललाई बेलुकी ७ः३० बजेसम्मको समय तोकिएको भए पनि सो समयभित्र मतदान सम्पन्न हुनेमा आशंका बढेको छ । समय नपुगे थप्न पनि सकिने जनाइएको छ । 

दोस्रो चरणमा शेरबहादुर देउवा र डा। शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो चरणबाट प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ बाहिरिएका थिए । 

मतदान सकिएलगत्तै मतगणना हुनेछ । यसको नतिजा आएपछि उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मको मतगणना हुनेछ । ती मतमेटिका भने पार्टी मुख्यालय सानेपामा राखिएको छ ।   

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ३७ बजे