Logo

मुख्य समाचार

पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३९२ जनाको पीसीआर परीक्षणमा २२९ जना र ४३१७ एन्टिजेन परीक्षणमा ३५ जना गरी २६४ जनामा संक्रमण पुष्टि भएको हो ।

‘पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२ छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५,६८९ रहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : २५ बजे