Logo

समाचार

एमसीसीको विरोध गर्ने सीपी गजुरेलसहित ४२ जना प्रहरी नियन्त्रणमा



काठमाडौंः नयाँ बानेश्वरस्थित ससंद् भवन अगाडि अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध नाराबाजी गरेको भन्दै ४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेललगायत रहेका छन्।

एमसीसी संसद्‍बाट पारित नगर्न माग गर्दै संसद् भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको अखिल क्रान्तिकारीका नेता मदन केसीले जानकारी दिए। 

गृहमन्त्रालयले एमसीसीको विरोध र भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्नेलगायतका गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । त्यहीअनुसार सोमबार प्रहरी बिहानैदेखि सम्भावित प्रदर्शनस्थलमा अलर्ट बसेको छ । भारतीय र अमेरिकी राजदूतावास क्षेत्रमा जमघट र भेला हुन समेत नदिने गृहले निर्देशन दिएको छ । सोमबार पनि विद्यार्थीहरूले विभिन्न क्याम्पसहरूमा प्रदर्शन गर्ने योजना बनाएका छन् ।

यसै गरि एमसीसीको देशव्यापी विरोध भइरहेको छ । सोमबार साझ कञ्चनपुरमा पनि नेताकार्यकर्ताहरुले विरोध कार्यक्रम राखेको जनाएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ३३ बजे