Logo

मुख्य समाचार

देउवालाई शशांकको जवाफ,’म कतै पनि खुल्न सक्दिन, एकताको पक्षमा छु’



काठमाडौं । नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

कोइरालालाई देउवाले बालुवाटारमा बोलाएर दोस्रो चरणको निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । तर, शशांकले आफू कतै पनि नखुल्ने जवाफ देउवालाई दिएका छन् ।

कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै कतै पनि नखुल्ने र पार्टीलाई एकताबद्व गरेर लैजाने देउवालाई आग्रह गरे ।

‘म पार्टी एकताको पक्षमा छु । म अहिले कसैको पक्षमा पनि खुल्न सक्दैन । तपाईँले पार्टीमा सबैलाई मिलाएर लैजानु होला,’ उनले भने ।

कांग्रेस महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापतिमा देउवा र शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : २५ बजे