Logo

मुख्य समाचार

एमालेको अवरोधकाबीच ६ वटा अध्यादेश पेश गर्दै संसद स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको विरोधकाबीच प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्‍चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरेका हुन् ।

त्यस्तै, मन्त्री बडुले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरेका छन् ।  एमाले सांसदको नाराबाजीकैबीच सभामुख सापकोटाले रेल्वे अध्यादेश पेश गर्न अनुमति दिएपछि उक्त अध्यादेश पनि मन्त्री बडुले पेश गरेका छन् ।

त्यसैगरी कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नै यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश पेश गरेका छन् ।

अर्को बैठक पुस ६ गते मंगलबार १ बजे बस्नेगरी स्थगित भएको छ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ३१ बजे