Logo

मुख्य समाचार

कल्याण गुरुङ पनि देउवातिरै !



काठमाडौं  । नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा कल्याण गुरुङले पनि शेरबहादुर देउवालाई नै साथ दिने भएका छन् ।

गुरुङको पनि देउवालाई साथ भएसँगै पहिलो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका तीनै जनाको समर्थन देउवालाई भएको छ । दोस्रो चरणमा शेखर कोइराला र देउवाबीच प्रतिस्पर्धा हुन लागेको हो ।

सभापतिमा उम्मेदवारी दिएका देउवा, विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह र गुरुङ कसैले पनि पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसेपछि आज फेरि मतदान हुन लागेको हो ।

कल्याण गुरुङले कांग्रेस सभापति निर्वाचनको पहिलो चरणमा २२ मत पाएका थिए । बाहिरिएका तीनै जनाले देउवालाई समर्थन गरेसँगै देउवाको सभापतिमा लगभग जित पक्का जस्तै देखिएको छ । 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ३१ बजे