Logo

मुख्य समाचार

आकस्मिक पत्रकार सम्मेलन गर्दै शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले आकस्मिक पत्रकार सम्मेलन गर्दैछन् । 

हात्तीसारस्थित एक होटलमा कोइरालाले पत्रकार सम्मेलन गर्न लागेका हुन् । जारी महाधिवेशनमा पहिलो चरणमा  कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि आज फेरि दोस्रो चरणको निर्वाचन हुँदैछ ।

निर्वाचन सुरु हुनुअघि कोइरालाले पत्रकार सम्मेलन गर्न लागेका हुन् । अब सभापतिका लागि कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुनेछ । अरु तीन प्रतिस्पर्धी बाहिरिसकेका छन् ।

बाहिरिएको दुई प्रतिस्पर्धी प्रकाशमान सिंह र विमलेन्द्र निधीले दोस्रो चरणमा देउवालाई समर्थन गर्ने बताइसकेका छन् । जसले गर्दा देउवाको जित लगभग सुनिश्चित जस्तै देखिएको छ । तर, पनि कोइरालाले आफू दोस्रो चरणको चुनाव पनि लड्ने बताएका छन् । 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ८ : ५९ बजे