Logo

मुख्य समाचार

एमालेले संसदको अवरोध जारी नै राख्ने



काठमाडौं । नेकपा एमालेले संसदमा अवरोध कायम राख्ने भएको छ ।

एमालेले आजबाट सुरु हुन लागेको संसदको हिउँदे अधिवेशन अवरोध गर्ने भएको हो । संसद बैठक बस्नुअघि संसदको रणनीति तय गर्न एमालेले बोलाएको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले माग पुरा नभएसम्म संसदको अवरोध कायम नै राख्ने बताएका हुन् ।

ओलीले एमालेले निरन्तर संसद अवरोध गरोस् भन्ने चाहाना सरकारले राखेको पनि आरोप लगाएका छन् । एमालेले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायत १४ जनालाई गरेको कारबाही कार्यान्वयन हुनुपर्ने माग गर्दै आएको छ ।

आफूले कारबाही गरेका १४ जनालाई संसदमा बस्न दिन नहुने एमालेले माग गर्दै आएको छ । आजदेखि प्रतिनिधिसभाको दशौँ अधिवेशन सुरु हुँदै छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ९ : २५ बजे