Logo

मुख्य समाचार

प्रकाशमानले सहयोग गर्ने भएपछि खुशी हुँदै निधीलाई भेट्न पुगे देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विमलेनद्र निधीलाई भेट्न उनकै निवासमा पुगेका छन् ।

कांग्रेस सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएपछि सहयोग गर्न आग्रह गर्दै देउवा निधीको निवासमा पुगेका हुन् ।

निधीलाई भेट्न जानुअघि देउवाले प्रकाशमान सिंहलाई उनकै निवास पुगेर भेटेका थिए । सिंहले दोस्रो चरणको निर्वाचनमा आफ्नो समर्थन देउवालाई हुने बचन दिएपछि देउवा प्रफुल्लित हुँदै निधीलाई भेट्न पुगेका हुन् ।

दोस्रो चरणमा सभापतिका लागि देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : १६ बजे