Logo

मुख्य समाचार

एमालेले बोलायो संसदीय दलको बैठक



काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

आजबाट सुरु हुने संघिय संसदको हिउँदे अधिवेशनका सम्बन्धमा रणनीति तय गर्न बैठक बोलाइएको बताइएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बताइएको छ । एमालेले यसअघिका संसद बैठक लगातार अवरोध गरेको थियो ।

एमालेले कारबाही गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना टाँस गर्नुपर्ने र उनीहरुलाई संसदमा बस्न दिन नहुने माग गर्दै आएको छ । 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ६ : ३६ बजे