Logo

मुख्य समाचार

प्रकाशमानले देउवालाई सहयोग गर्ने



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत हुन लागेको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सहयोग गर्ने भएका छन् ।

दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

देउवा सिंहलाई भेट्न उनकै निवास चाक्सीबारीमा पुगेका थिए । सिंहले दोस्रो चरणको निर्वाचनमा आफ्नो साथ देउवालाई रहने बचन दिएको बताइएको छ ।

प्रतिनिधिको बहुमतमा देउवालाई नै अघि बढाउन खोजेको देखिएकाले आफूले पनि देउवालाई नै साथ दिएको सिंहले प्रतिक्रिया दिएका छन् । 

सिंहले देउवालाई साथ दिएको खण्डमा फेरि पनि देउवाले नै सभापति जित्ने सम्भावन देखिएको छ । 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ३१ बजे