Logo

मुख्य समाचार

दिउँसो साढे तीन बजेबाट दोस्रो चरणको मतदान हुने



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत आजै दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

सोमबार भएको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज फेरि दोस्रो चरणमा मतदान हुन लागेको हो ।

दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच भिडन्त हुनेछ ।  प्रकाशमान सिंह,विमलेन्द्र निधिले र कल्याण गुरुङ बाहिरिएका छन् ।

बाहिरिएका तीन नेताले कसलाई साथ दिने भन्ने खुलाइएको छैन । 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ३१ बजे