काठमाडौं । कश्मिरमा प्रहरीमाथि आतंककारीले हमला गर्दा दुई प्रहरीको मृत्यु भएको छ । घटनामा १२ प्रहरी घाइते भएका छन् ।
ड्युटी सकेर फर्किरहेको प्रहरीको बसलाई चारैतिरबाट घेरेर आतंकवादीले आक्रमण गरेका थिए ।
श्रीनगरमा प्रहरीलाई हतियार सुबिधा नदिएका कारण उनीहरु जवाफी प्रहार गर्नबाट बन्चित रहेको जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख ब्यक्त गर्दै आतंककारीलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।
प्रतिक्रिया