Logo

मुख्य समाचार

शेखर कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।

नेता सिंहलाई भेट्न कोइराला सिंहकै निवास चाक्सीबारी पुगेका थिए । भेटमा कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफूलाई सहयोग गर्न सिंहसँग आग्रह गरेका थिए ।

सिंहले आफ्नो टिमसँग सल्लाह गरेर निर्णय गर्ने बताएका छन् । कोइराला भन्दा अगाडि शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँड सिंहलाई भेट्न उनकै निवास पुगेका थिए ।

खाँडलाई पनि सिंहले टिमसँग सल्लाह गरेर निर्णय गर्ने जवाफ दिएको बताइएको छ । 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ३१ बजे