Logo

मुख्य समाचार

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै, यस्तो छ कार्यसूची



काठमाडौ । संघीय संसदको हिउँदे अधिबेशन आजबाट सुरु हुने भएको छ । आज दिउँसो २ बजे दुबै सदनको अधिबेशन शुरु हुन लागेको हो ।

अधिवेशनमा ६ वटा अध्यादेलाई पहिलो बैठकमा पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ । संघीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश-२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश-२०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश-२०७८ पेश गर्नुहुने छ ।

यस्तै, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश-२०७८ पेश गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ५ : ०९ बजे