Logo

समाचार

खेलकुद परिषदमा दिवंगत न्यौपानेको स्मरण



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का नायव वरिष्ठ प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेप्रति श्रद्धान्जली अर्पण गरेको छ ।

परिषरमा श्रद्धान्जली सभाको आयोजना गरि स्वर्गीय न्यौपानेले नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको थियो ।

श्रद्धान्जली सभालाई सम्वोधन गर्नुहँदै परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सहायक स्तरमा सेवा प्रवेश गरेका न्यौपानेले करिव ३५ वर्ष खेलकुदमा योगदान गरेको स्मरण गरे । न्यौपानको यहि साउन १९ गते राती ५५ वर्षको उमेरमा निधन भएको थियो ।

सहायक स्तरबाट सेवा प्रवेश गरेका न्यौपाने बरिष्ट अधिकृत (द्धितीय श्रेणी) पदमा कार्यरत रहेको अवस्थामा निधन भएको हो । न्यौपाने फुटबलको रेफ्री समेत हुन ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ४ : ३७ बजे