Logo

मुख्य समाचार

देउवालाई सभापति बन्न ८२ मतले साथ दिएन, पुनः मतदान हुने



काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको हो ।

आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।

कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ मत, डा. शेखर कोइरालाले १७२९ मत, प्रकाशमानसिंहले ३७१ मत, विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत पाएका छन् । 

५० प्रतिशत मत कटाउनका लागि देउवालाई ८२ मतले साथ दिएन ।   

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ३२ बजे