Logo

मुख्य समाचार

विद्युत् प्राधिकरणका दुई सदस्यलाई हटाएकोप्रति माओवादीको आपत्ति



काठमाडौं । नेकपा माओवादी केन्द्र सरकारले नेपाल विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्त गरेकोप्रति आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले नियम उलंघन गरेर सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको बताए।

उनले भने, दुई जनालाई सरकारले नियम उलंघन गरेर सरकारले बर्खास्त गरेको छ। योप्रति भर्त्सना गर्दै सरकार देशमा अटेक्रेसी चलाउन खोजिरहेको भन्ने कुराको आशंका व्यक्त गर्छु।

डेडिकेटेड र ट्रंक लाइन विवादमा फरक मत राखेपछि सरकारले दुवै जनालाई पदमुक्त गरेको थियो।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १ : ५२ बजे