Logo

राजनीति

एमाले उपाध्यक्षसहित मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ



काठमाडौं । नेकपा एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

आज  (आइतबार) पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

गत बिहीबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराल, दुई जना स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  २ : ४७ बजे