Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

मुख्य समाचार

बडुवालका हत्यारालाई कारबाहीको माग गर्दै अदालत अगाडि प्रदर्शन



धनगढीः कैलालीका भूपेन्द्र बडुवालका हत्यारालाई कारबाही गर्न माग गर्दै कैलाली जिल्ला अदालत अगाडी प्रदर्शन गरिएको छ। सोमवार बडुवालका आफन्तहरुले  कैलाली जिल्ला अदालत अगाडी (गेट) मा प्रदर्शन गरेका हुन्। उनीहरुले ‘हत्याराहरूलाई कारबाही गर, मान्छे मार्न पाइदैन, न्यायालय बिक्नु हुदैन’ भन्ने नारासहित प्रदर्शन गरेका थिए। उनीहरुले फरार अभियुक्तहरुलाई इन्काउन्टर गर्न समेत माग गरेका छन्। भूपेन्द्रले न्याय पाउनुपर्ने उनीहरुको माग छ। 

प्रदर्शनकर्ताहरुले भने ‘अभियुक्तहरु पैसा तिरेर धरौटीमा छुटछन् भने हामीहरु पनि पैसा तिरेर मार्न तयार छौ्ं,’।उनिहरुले जबसम्म हत्याका योजनाकार नविल रावल पक्राउ पर्दैनन् तबसम्म एक जनालाई पनि छोड्न नहुने उहाँहरुकाे माग थियो।

कात्तिक २३ गते मंगलवार राति लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या भएको थियो। हालसम्म बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य ३ जना भने धरौटीमा छुटेका छन्। यस्तै हत्या अभियोगी ९ जना भने अझै फरार छन्।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : २० बजे