Logo

मुख्य समाचार

महाधिवेशन प्रतिनिधिहरुलाई रामचन्द्र पौडेलको चिया निम्तो



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनमा सहभागी सम्पूर्ण प्रतिनिधिलाई चियापानको निम्तो गरेका छन् ।

पौडेलले प्रतिनिधिहरुलाई भोली मंगलबार बिहान ९ बजेका लागि चिया निम्तो गरेका हुन् । लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा चियापान कार्यक्रम राखिएको जानकारी दिइएको छ ।

संस्थापन इतर पक्षबाट सर्वसम्मत उम्मेदवार चयन गर्न नसकेपछि निराश बनेका पौडेल आज जारी मतदान कार्यक्रममासमेत नजाने भएका छन् । 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : ३३ बजे