Logo

मुख्य समाचार

सभापति देउवाले गरे मतदान



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा पार्टीका वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मतदान गरेका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा राखिएको सुदूरपश्चिम बुथबाट देउवाले मतदान गरेका हुन् ।  तीनवटा केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान केन्द्र तोकिएको छ । महाधिवेशनका लागि एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : ३० बजे