Logo

अर्थ

६३ अंकको करेक्सनपछि नेप्से २७५५ विन्दुमा बन्द, २१ अर्ब ७१ करोडको सेयर कारोबार


१७ श्रावण २०८१, बिहिबार  

92
Shares

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार बजारमा झिनो अंकले करेक्सन आए पनि २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज २१ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसदिन नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा बन्द भएको छ ।

दिनभरीको कारोबारमा ६३ अंकको करेक्सन भएको थियो । नेप्से २८०५.५७ विन्दुसम्म पुगेर २७४२.५३ विन्दुसम्म झरेको थियो । तर, अन्तिममा बजार स्थिरजस्तै देखिएको छ ।

७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ३ : ३२ बजे