Logo

खेलकुद

रियाल मड्रिडद्वारा एथ्लेटिको पराजित



काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले एथ्लेटिको मड्रिडलाई २-० ले हराएको छ ।

रियाल मड्रिडको मैदानमा गएराति भएको मड्रिड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन करिम बेन्जमा र मार्को एसेन्सीयोले एक एक गोल गरे ।

जितसँगै रियाल मड्रिडले तालिकाको शिर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । लिगमा १७ खेलबाट रियाल मड्रिडको ४२ अंक छ ।

एक खेल कम खेलेको सेभिया ३४ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको रियाल बेटिसको ३३ अंक छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ७ : १५ बजे