Logo

मुख्य समाचार

कांग्रेस महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान सुरु



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत अहिले नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । 

बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि तीन घण्टा ढिला गरि मतदान सुरु भएको हो । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो मतदान गर्नु भएको छ ।

मतदानका लागि तीन वटा केन्द्र कायम गरिएको छ । मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । महाधिवेशनमा ४ हजार ७ सय ४३ जनाले मतदान गर्ने कांग्रेसले जनाएको छ ।

महाधिवेशनबाट सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् ।

सभापतिका लागि पाँच जना चुनावी मैदानमा रहेका छन् । जसमा वर्तमान शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् । 

मतदानका लागि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको छ । निर्धारित समयमा मतदान नसकिएमा समय लम्बिने छ । 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : ०० बजे