Logo

मुख्य समाचार

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गुरुङ चयन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छिन्।

प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले गुरुङलाई अध्यक्षतामा चयन गरेको हो । अधिवेशनले २०१ सदस्यीय समिति निर्वाचित गरेको हो ।

अध्यक्षमा चयन भएकी नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत हुन् ।

माओवादी केन्द्रले मङ्सिर २५ गते एकै दिन सात भौगोलिक प्रदेश र दुई गैरभौगोलिक प्रदेशको सम्मेलन आयोजना गरेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : ०४ बजे