Logo

मुख्य समाचार

दाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु



काठमाडौं । आइतबार साँझ दाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–३ सिरखोलामा तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिकाका ४८ वर्षिय प्रेमप्रकाश शर्मा, ४६ वर्षिय साउनी घर्ती र सोही ठाउँकै २५ वर्षिय लालमति खड्का रहेका छन् । दुर्घटनामा परी १३ जना गम्भिर घाइते भएका छन् ।

गाडिमा गियर नलाग्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ४ : ३९ बजे