Logo

मुख्य समाचार

एमाले स्थायी कमिटीमा भीम रावलले स्थान पाएनन्



काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । एमालेका केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटीमा भीम रावललाई स्थान दिइएको छैन । उनी एमाले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका थिए। केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका रावललाई ओलीले सचिवालयमा स्थान दिइएन ।

स्थायी कमिटीमा पार्टी अध्यक्ष ओलीसहित नेताहरु ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, विष्णु प्रसाद रिमाल, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी रहेका छन् ।

यस्तै, पद्मा अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, प्रभु साह, डा राजन भट्टराई, सीता पौडेल रहेका छन् ।

यस्तै, नेताहरु विन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुङ्वाहाम्फे, हिक्मत कार्की स्थायी कमिटीमा परेका छन्।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १२ : १९ बजे