Logo

मुख्य समाचार

कीर्तिपुर खेल मैदान निर्माणको प्रगति सदनलाई जानकारी गराउन सांसद निशा डाँगीकाे माग



काठमाडौं । रास्वपाकी सांसद निशा डाँगीले कीर्तिपुर खेल मैदान निर्माणको प्रगति सदनलाई जानकारी गराउन माग गरकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै केपी ओली नेतृत्वको सरकारले ३ सय दिनमा निर्माण सम्पन्न गर्ने घोषणा गरेको १५ दिन भइसकेकाले ५ प्रतिशत काम अहिले हुनुपर्ने उनको भनाइ छ । उनले समचार र चर्चाको लागि मात्रै निर्णय गर्ने प्रवृत्ति त्याग्न आग्रह गरिन् ।

उनले भनिन्, ‘प्रधानमन्त्री आफैंले वा खेलकुदमन्त्रीले सदनमा निर्माणबारेको जानकारी प्रत्येक महिना सदनमा राख्नुपर्ने माग समेत राख्छु ।’

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  २ : १७ बजे