काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा दुई जना केन्द्रीय सदस्यका उम्मेद्वारहरु निर्विरोध निर्वाचित हुनुभएको छ । काँग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुभएको हो ।
प्रदेश नंं २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका ढुङ्गाना र रिजाल निर्विरोध निर्वाचित हुनुभएको हो । प्रदेश नंं २ कलस्टरबाट जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो ।सभापति र सहमहामन्त्रीसहित जम्मा ६० जनाले लिए उम्मेदवारी फिर्ता लिनुभएको छ ।
काँग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले हाल सम्म जम्मा ६० जनाले उम्मेदवारी फिर्ता लिएको र उम्मेदवारी फिर्ता लिने समय सकिएकाे जानकारी दिनुभयो । महाधिवेशनका निर्वाचन तालिका अनुसार आज अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया