Logo

मुख्य समाचार

विश्वप्रकाश शर्मालाई देउवाले गरे ‘बाइकट’ !



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापति  शेरबहादुर देउवा पक्षबाट महामन्त्री बन्ने पार्टीका प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माको सपना चकनाचुर भएको छ ।

देउवा पक्षमा रहेका शर्मालाई कृष्णप्रसाद सिटौला संस्थापन पक्षमा नै तालमेल गर्न आएपछि देउवाले बाइकट गरेका हुन् ।

सिटौला पक्षका प्रदीप पौडेललाई महामन्त्री बनाउने सहमति गर्दै सिटौलालाई देउवाले आफ्नो पक्षमा ल्याएपछि शर्मा बाइकटमा परेका हुन् ।

देउवाको पक्षबाट महामन्त्रीमा उम्मेदवारी दिनेमा उनी ढुक्क दिए । अब शर्मा अन्य प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा लागेका शर्मा निकट नेताहरुले बताएका छन् ।

देउवालाई छाडेर उनले प्रकाशमान सिंह वा शेखर कोइराला दुईमध्ये एकबाट महामन्त्रीमा उठ्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

शर्मा अहिले आफू पक्षीय नेताहरुसँग परामर्शमा रहेका छन् । 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १ : ५७ बजे