Logo

मुख्य समाचार

बद्री पाण्डेले पनि दिए सहमहामन्त्रीमा उमेदवारी



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदका लागि बद्री पाण्डेले उमेदवारी दर्ता गराएका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा स्थापित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर पाण्डेले उमेदवारी दर्ता गराएका हुन् ।

पाण्डेभन्दा पहिले सहमहामन्त्रीका लागि मानबहादुर विश्वकर्माले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

विश्वकर्माले शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : ३८ बजे