Logo

मुख्य समाचार

कल्याण गुरुङद्वारा सभापतिमा उम्मेदवारी दर्ता



काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

राष्ट्रिय सभागृहमास्थित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर गुरुङले उमेदवारी दर्ता गराएका हुन् । गुरुङ हाल कांग्रेस केन्द्रीय सदस्य छन् । केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्ने उनी पहिलो हुन् ।

कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने उनले बताएका छन् । नेपाली काँग्रेसको महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने छ । 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १ : ५७ बजे