Logo

समाचार

ग्वार्कोको एक गेस्टहाउसमा युवतीको शंकास्पद मृत्यु


११ श्रावण २०८१, शुक्रबार  

115
Shares

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक गेस्टहाउसमा अचेत भएकी युवतीको मृत्यु भएको छ । बिहीबार ललितपुर महानगरपालिका–७ ग्वार्कोको सनलाइट गेस्टहाउसमा बसेकी युवती शुक्रबार अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई गेस्टहाउस सञ्चालकले बीएण्डबी अस्पताल पुर्‍याएका थिए ।

तर, उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए ।

उनी ललितपुर डुकुछापका २६ वर्षीय सन्दीप विकसँग गेस्टहाउसमा बसेको खुलेको छ ।

युवकले पनि आफूलाई सास फेर्न कठिन भएको बताएपछि प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १२ : १४ बजे