Logo

मुख्य समाचार

कांग्रेस संस्थापन पक्षको बैठक बिहानैदेखि बालुवाटारमा जारी



काठमाडौं । पदाधिकारीका उम्मेदवारको टुंगो लगाउन भन्दै नेपाली कांग्रेस संस्थापन पक्षको बैठक बिहानैदेखि बालुवाटारमा बसिरहेको छ ।

पदाधिकारीका दाबेदार नेताहरुसँग सभापति शेरबहादुर देउवाले छलफल गरिरहेको बुझिएको छ । सभापतिमा देउवा आफैँ उम्मेदवारी दिँदैछन् भने उपसभापतिमा विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरेका छन् ।

यस्तै, महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाँण, सहमहामन्त्री प्रकाशशरण मत, नेता एनपी साउद, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रवक्ता विश्वप्रकाश शर्माले दाबी गरिरहेका छन् । 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १ : ५८ बजे