Logo

मुख्य समाचार

संस्थापन इतरले अझै उम्मेदवारको टुंगो लगाउन सकेन, नेताहरु बोहराटारमा छलफलमा



काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अहिलेसम्म सभापतिको  उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

मनोनयन दर्ता सुरु हुनै लाग्दासम्म पनि अहिलेसम्म सभापतिको उम्मेदवार टुंगो लगाउन नसकेको हो । अहिले पनि पौडेल निवास बोहराटारमा पौडेल पक्षका केन्द्रीय सदस्यहरूबीच छलफल भइरहेको छ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, गगन थापा, बद्री पाण्डे सहभागी रहेका छन् ।

इतर समूहमा शेखर कोइराला , प्रकाशमानसिंह दाबीबाट टसमस नभएपछि पौडेल पक्षलाई सभापतिको उम्मेदवार टुंगो लगाउन सकस परेको हो । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ०५ बजे