Logo

मुख्य समाचार

केही साना दललाई भने काँग्रेसले औँला छोड्ला कि भन्ने चिन्ता छ : अध्यक्ष केपी ओली



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर नेकपा एमाले देश विकासमा सँगै हिँड्न तयार रहेको बताएका छन्। काठमाडौंमा आजदेखि सुरू भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको भन्दै सहकार्य गरेर आफू अगाडि बढ्न तयार रहेको बताएका हुन।

ओलीले आफू काँग्रेसको महाधिवेशनमा शुभकामना दिन आएको भन्दै कसैको कुरामा कुनै वादप्रतिवाद नगर्ने बताए । उनले आफूलाई मञ्चको कुनै कमी नभएको भन्दै चाहेको कुरा पछि पनि राख्न सक्ने बताए ।

त्येस्तै ओलीले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमात्र नभएर सरकारको नेता बन्न सुझाव दिएका छन् । नेपाली काँग्रेसलाई सुझाव दिँदै, ‘ अरुका नीतिको पछाडि होइन, आफ्नो नीतिमा हिँडोस् । शेरबहादुर देउवाजी प्रधानमन्त्रीमात्र होइन, सरकारको नेता हुनुहोस् ।’ उनले भने, ‘केही साना दललाई भने काँग्रेसले औँला छोड्ला कि भन्ने चिन्ता छ ।’

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  २ : ०१ बजे