Logo

मुख्य समाचार

सबै पूर्व प्रधानमन्त्री एकले अर्कालाई बनाएका हुन् : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको बताएका छन् । भारतीय जनता पार्टीका नेता हर्षबद्र्धनले नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा पहिलो पटक देखिएको भन्दै खुसी लागेको बताएका थिए। त्यसकै जवाफ दिने क्रममा प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो चलन रहेको बताएका हुन्।‘

यी सबै पूर्व प्रधानमन्त्रीहरू एकले अर्कोलाई प्रधानमन्त्री बनाएका व्यक्ति हुन्। हामी एक अर्कालाई हातेमालो गरेर देशविकास गर्न पछि पर्दैनौं’, उनले भने।

भारतीय जनता पार्टीका नेता हर्षबर्द्धनलाई जवाफ दिँदै उनले भने, ‘उहाँ भर्खरै यहाँबाट गइसक्नु भएको छ, म उहाँलाई यी सबै पूर्व प्रधानमन्त्री एकले अर्कालाई बनाएका हुन् भन्न चाहन्थेँ। सायद उहाँले सुन्नुहुन्छ होला।’

उनले आफूहरूसँग आपसमा प्रतिस्पर्धा  भए पनि जरूरी पर्दा एकले अर्कालाई प्रधानमन्त्री पनि बनाउने गरेको संस्कार समेत रहेको स्पष्ट पारे। 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ४ : ४१ बजे