Logo

मुख्य समाचार

‘मोदी सुदृढ, स्थिर र मजुबुत नेपालको पक्षमा हुनुहुन्छ’: हर्ष वर्द्धन



काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का नेता हर्ष वर्द्धनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सुदृढ र स्थिर नेपालको पक्षमा रहेको बताएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हर्ष वर्द्धन मोदी सुदृढ, स्थिर र मजुबुत नेपालको पक्षमा रहेको बताएका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दिलको धड्कनलाई मैले नजिकबाट सुनेको छु । उहाँ सुदृढ, स्थिर र मजुबुत नेपालको पक्षमा हुनुहुन्छ ।’

उनले भूकम्प र कोरोना महामारीको समयमा भारतले सहयोग गरेको स्मरण गरे ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १० : ५३ बजे