Logo

मुख्य समाचार

प्रचण्ड, नेपाल, लिङदेन लगायतका नेताहरु पनि पुगे कांग्रेस महाधिवेशनस्थल



काठमाडौं । काठमाडौंमा आजबाट सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा भाग लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगका छन् ।

यस्तै, महाधिवेशनस्थलमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत पनि महाधिवेशन स्थलमा पुगेका छन् ।

उद्घाटन सत्रमा सम्बोधनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पुग्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : १६ बजे