Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष (चु चे चो ला लि लु ले लो अ)

तपाईँको स्वास्थ्य पक्ष कमजोर हुनेछ । आफन्तको कचकच सुन्नु पर्नेछ । आजको घुमफिर र किनमेलले दिन अर्थपूर्ण नहोला । सजगताका साथ काम गर्नुपर्नेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

तपाईँको आज धार्मिक सुख मिल्नेछ । मान्यजनसँगको भेटघाटले मन आनन्दित हुनेछ । स्वस्थ्य समस्यामा सुधार हुनेछ । भाग्य बलियो रहनेछ ।

 मिथुन  (का कि कु घ ङ छ के को ह)

आज कर्म क्षेत्रमा नै दिन बित्नेछ । पराक्रम बढ्नेछ । आत्माविश्वासका साथ काममा लागिनेछ । मान सम्मान प्राप्त हुनेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

पराक्रम बढ्नाले कामप्रति जोश जाँगर आउनेछ । अप्रत्यासित लाभ हुनेछ । भेटघाटको अवसर मिल्नेछ । गुमेको वस्तु प्राप्त हुने देखिन्छ । 

सिंह (मा मि मु मे मो टा टि टु टे)

आजको कर्मप्राप्तिको योग भने देखिँदैन । धन खर्च हुने देखिन्छ । भाग्यको ढोका बन्द हुनेछ । अनावश्यक यात्रामा निस्किनु पर्नेछ ।

कन्या (टो प पि पु ष ण ठ पो पो)

प्रिय खबर सुनेर मन आनन्दित होला । अत्याधिक व्यस्त रहने देखिन्छ । गरेको कामको जस पाइनेछ । स्वास्थमा पनि सुधार हुनेछ ।   

तुला (रा रि रु रे रो ता ति तु ते) 

कार्यक्षेत्रबाट राम्रो सदभाव मिल्नेछ  । सबैको प्रशंसा पाउनुहुनेछ । आपूmले चिताएको कुरा पूरा हुनेछ  । आर्थिक उन्नतिको योग रहेको छ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

तपाईँको पराक्रमले आर्थिक लाभ हुनेछ । आजको समय कार्यक्षेत्रमै ब्यस्त भइएला । कामलाई पूर्ण सफल पार्न निकै परिश्रम गर्नुपर्ला । कामको सम्मान पाइनेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

आमाको साथ पूर्णरुपमा हुनेछ । परिश्रमपूर्वक गरेको कामबाट निराश हुनुपर्दैन । भाग्यले राम्रो दिनेछ । मनोरञ्जनप्रति मन जानेछ । नयाँ चिजको खरिद हुनेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

विद्याले मज्जाले साथ दिनेछ । आत्मविश्वासका साथ काम गर्नुपर्ने हुन्छ । अनावश्यक सोचाइ मनबाट हराएर जानेछ । सन्तान सुख हुनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आज स्वास्थ्य प्रतिकूल रहनेछ । मनोरञ्जनमा दिन बित्नेछ । नयाँ सोचले सफलता प्राप्त नगर्ला । अरु मन जित्न कठिन हुनेछ । शत्रुले काम गर्न दिनेछैनन् ।

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

आजको दिन परिवारको साथ पाइनेछ । शरीरमा स्पूmर्ति आउनेछ । नयाँ सामानको खरिद गर्नुहुनेछ । नयाँ काम पाउने सम्भावना छ । 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ५ : ३५ बजे