Logo

मुख्य समाचार

रामचन्द्र पौडेललाई सभापति उठाउन देउवालाई निधीको प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मतीमा सभापति उठाउन सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेका छन् ।

शुक्रबार चितवन काठमाडौं प्रजातान्त्रिक मन्चले महाधिवेशन प्रतिनिधिसँग जावलाखेलमा गरेको कार्यक्रममा बोल्दै निधीले देउवाले पौडेललाई सभापतिमा उठाए आफूले पनि समर्थन गर्ने बताएका हुन् ।

‘सभापति देउवाले सभापतिमा पौडेललाई प्रस्ताव गरे म समर्थन गर्छु, बाधक बन्दिनँ, नभए म पनि सभापतिमा उम्मेदवारी दिन्छु’ उनले भने।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १२ : ०४ बजे