Logo

मुख्य समाचार

सिंह र कोइराला टसमस नभएपछि पौडेललाई नै सभापतिमा उठाउने इतर पक्षको तयारी



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुरु हुन केहि घण्टा बाँकी रहँदासम्म पनि पदाधिकारीका उम्मेदवार अझै टुंगो लाग्न सकेको छैन ।

अहिले संस्थापन र इतर दुवै पक्ष छुट्टा छुट्टै छलफलमा जुटिरहेका छन् । संस्थापन इतर रामचन्द्र पौडेल पक्षलाई पनि अहिले सभापतिको उम्मेदवार चयन गर्न सकस परिरहेको छ ।

पौडेल पक्षलाई उम्मेदवार चयनमा सकस पर्नुमा प्रकाशमान सिंह र शेखर कोइराला देखिएका छन् । यी दुई आकांक्षी टसमस नभएपछि सर्वसम्मत उम्मेदवार चयनका लागि सकस परेको हो ।

यसैबीच, अहिले पौडेल निवासका बसिरहेको इतर पक्षको बैठकले पौडेललाई नै सर्वसम्मत उम्मेदवार बनाउने तयारी गरेको छ ।

सर्वसम्मतका लागि भन्द्रै उम्मेदवारी दिनबाट पछाडि हट्ने निर्णय गरेका पौडेललाई नै अब सर्वसम्मत रुपमा उठाउने तयारी भइरहेको बुझिएको छ ।

सिंह र कोइराला टसमस नभएपछि फेरि पौडेललाई नै उठाउने तयारी भएको नेताहरुले बताएका छन् । 

अझै पनि प्रकाशमान र शेखरले सभापतिमा दावी छाडेका छैनन् भने अब केन्द्रीय नेताहरुको हस्तक्षेप मै उम्मेदवार टुंगो लगाउने तयारी भएको नेताहरुको भनाई रहेको छ । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १२ : ०४ बजे